बैंकिङ कसुरसहित १४ मुद्दाका फरार अभियुक्त पक्राउ, २ करोड ५८ लाख बिगो

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुरसहित १४ मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

सीआईबीका अनुसार बूढानीलकण्ठ नगरपालिका–५ का ४७ वर्षीय राजु मिजारलाई पक्राउ गरिएको हो। उनीविरुद्ध १२ वटा बैंकिङ कसुर र २ वटा चेक अनादारसम्बन्धी मुद्दा रहेका छन्।

प्रहरीका अनुसार उनको कुल बिगो २ करोड ५८ लाख ६२ हजार ७१६ रुपैयाँ रहेको छ। साथै ४३ लाख २३ हजार ५४३ रुपैयाँ जरिवाना, १ लाख ७२ हजार ९४१ रुपैयाँ क्षतिपूर्ति र ९० दिन कैद सजाय पनि तोकिएको छ।

फैसला कार्यान्वयनका लागि उनलाई काठमाडौं जिल्ला अदालतमार्फत कारागार पठाइएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *