बुद्ध एयरद्वारा अवकाशप्राप्त विमानको फ्युजलेज सेनालाई हस्तान्तरण

काठमाडौं । उडान सेवाबाट अवकाश प्राप्त ‘एटीआर–७२’ विमानको फ्युजलेज बुद्ध एयरले नेपाली सेनालाई हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बुद्ध एयरको ह्यांगरमा आयोजित कार्यक्रममा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले उक्त फ्युजलेज नेपाली सेनाका युद्धकार्य प्रमुख उपरथी अनुपजंग थापालाई हस्तान्तरण गरेका हुन् ।

उक्त विमानले ७० हजार उडान चक्र (साइकल) पूरा गरेपछि केही महिनाअघि बुद्ध एयरले त्यसलाई नियमित उडान सेवाबाट अवकाश दिएको थियो। हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष बस्नेतले नेपाली सेना विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, शान्ति–सुरक्षा तथा राष्ट्रिय हितका विविध जिम्मेवारीमा निरन्तर सक्रिय रहेको उल्लेख गर्दै यस्तो प्रतिष्ठित संस्थालाई सहयोग गर्न पाउनु बुद्ध एयरका लागि गौरवको विषय भएको बताए।

उनले हस्तान्तरण गरिएको फ्युजलेज विमानस्थलमा हुन सक्ने हवाई दुर्घटना, विभिन्न सुरक्षा चुनौती (थ्रेट) तथा आपतकालीन अवस्थाको पूर्वतयारी र प्रतिकार क्षमता अभिवृद्धिमा उपयोगी हुने विश्वास व्यक्त गरे।

उनका अनुसार उक्त फ्युजलेजलाई नेपाली सेनाले विमानस्थल आपतकालीन योजना(एइपी अन्तर्गत विभिन्न सतर्कता स्तरका प्रशिक्षण तथा अभ्यासमा प्रभावकारी रूपमा प्रयोग गर्न सक्नेछ ।

कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले बुद्ध एयरको पहलको प्रशंसा गर्दै फ्युजलेजले नेपाली सेनालाई पूर्वाभ्यास, सुरक्षा तयारी तथा विभिन्न प्रकारका जोखिम र चुनौती सामना गर्न महत्वपूर्ण सहयोग पु¥याउने बताए ।

उनले बुद्ध एयरले नागरिक उड्डयन क्षेत्रको सुरक्षा प्रवद्र्धनका लागि प्राधिकरणसँग निरन्तर सहकार्य गर्दै आएको उल्लेख गर्दै यसलाई नागरिक उड्डयन तथा सुरक्षा क्षेत्रबीचको उदाहरणीय सहकार्यका रूपमा व्याख्या गरे।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *