विदेश अध्ययनका लागि तोकिएभन्दा ५ प्रतिशत धेरै विदेशी मुद्रा पठाउन सकिने

काठमाडौं । वैदेशिक अध्ययन प्रयोजनका लागि देखाउनुपर्ने बैंक ब्यालेन्समा राष्ट्र बैंकले थप सहजीकरण गरेको छ ।

राष्ट्र बैंकले विदेशी विनिमय सम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै भारत बाहेकका मुलुकमा अध्ययन गर्न जाने विद्यार्थीलाई आवश्यक रकमभन्दा बढीमा ५ प्रतिशतसम्म अतिरिक्त विदेशी मुद्रा खातामा राख्न अनुमति दिएको हो।

अब विदेशमा अध्ययन गर्न जाने वा अध्ययनरत विद्यार्थीको भिसा प्राप्ति वा नवीकरण र निर्वाह खर्चको लागि सम्बन्धित मुलुकको राजदूतावास वा सरकारी निकायले भनेको खण्डमा विद्यार्थीको खाता नाममा ५ प्रतिशत धेरै विदेशी मुद्रा राख्न सक्ने व्यवस्था गरिएको छ।

तोकेको परिवर्त्य विदेशी मुद्राको सूचीमा नरहेका स्थानीय मुद्रामा निश्चित रकम देखाउनुपर्ने प्रावधान रहेको पुष्टि हुने कागजातका आधारमा आवश्यक रकमको सटही उपलब्ध गराउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

सटही उपलब्ध गराउँदा विनिमय दरको उतारचढावका कारण लाग्ने थप खर्च रकमको यकिन हुन नसक्ने अवस्थामा पठाउनुपर्ने रकमको बढीमा ५ प्रतिशतसम्म थप गरी अमेरिकी डलर वा अन्य परिवत्र्य विदेशी मुद्रा पठाउन सकिने व्यवस्था गरिएको छ।

विद्यार्थीले निर्वाह खर्चको रुपमा २ हजार ५ सय देखि ५ हजार अमेरिकी डलसम्मको सटही सुविधा पाउँछन् । यस्तो रकम नेपालबाट अभिभावकले विद्याथीलाई पठाउन सक्छन् । साथै अन्य शुल्कको हकमा पुष्टि गर्ने कागजाताका आधारमा अनुमति दिने केन्द्रीय बैंकले जनाएको छ ।

एकीकृत परिपत्र–२०८२ बमोजिम पेश गर्नुपर्ने कागजात सक्कल हुनुपर्ने उल्लेख भएपनि विद्युतीय कारोबार ऐन, २०६३ वा उक्त ऐन अन्तर्गत बनेको नियममा उल्लिखित प्रक्रिया पूरा गरी डिजिटल हस्ताक्षरद्वारा प्रमाणित गरिएको कागजातलाई समेत मान्यता दिनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *