काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको २ करोड ८६ लाख कित्ता शेयरको लकइन अवधि आगामी असार ३० गतेबाट सकिने भएको छ।
कम्पनीले जारी गरेको सूचना अनुसार संस्थापकको २ करोड ८० लाख कित्ता र कर्मचारीको ६ लाख कित्ता शेयरको लकइन अवधि समाप्त हुन लागेको हो।
कुनै पनि कम्पनीको आइपीओ बाँडफाँट भएको मितिले ३ वर्षसम्म संस्थापक र कर्मचारीको लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ। सोही प्रावधानबमोजिम यो कम्पनीको संस्थापक र कर्मचारीको शेयर पनि लकइनमा राखिएको हो।
यद्यपि, लकइन अवधि सकिए पनि सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरुको हकमा भने शेयर रोक्का नै रहने कम्पनीले स्पष्ट पारेको छ।
Artha Sanjal







