काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदी प्रतितोला चार हजार ९२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार चाँदी प्रतितोला चार हजार ९०५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
Artha Sanjal







