पैँतीस दिनभित्र ऋण चुक्ता गर्न पूर्वमन्त्री गुरुङलाई प्रभु बैंकको अल्टिमेटम

काठमाडौं । प्रभु बैंक लिमिटेडले नेकपाका नेता तथा पूर्वमन्त्री अमर बाबु गुरुङलाई ऋण चुक्ता गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ।

बैंकले नेकपाका नेता तथा पूर्वमन्त्री गुरुङ र जमानीकर्ता रहेकी उनकी श्रीमती रेणुका गुरुङका नाममा रहेको ५० लाख रुपैयाँभन्दा बढी कर्जा असुल हुन नसकेपछि सार्वजनिक सूचना प्रकाशित गरेको हो।

प्रकाशित सूचनाअनुसार ओखलढुंगाका गुरुङ दम्पतीलाई निर्धारित समयभित्र सम्पूर्ण कर्जा, ब्याज तथा अन्य दायित्व भुक्तानी गर्न आग्रह गरिएको छ। पटक–पटक मौखिक तथा लिखित ताकेता गर्दा पनि कर्जा नियमित नभएपछि बाध्य भएर सार्वजनिक सूचना जारी गरिएको बैंकले जनाएको छ।

बैंकले तोकिएको अवधिभित्र ऋण फर्छ्योट नगरे नेपाल राष्ट्र बैंक कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्न सिफारिस गरिने चेतावनीसमेत दिएको छ।

त्यस्तै, धितोमा राखिएको सम्पत्ति लिलाम बिक्रीमार्फत कर्जा असुलउपर गरिने र आवश्यक परे थप कानुनी प्रक्रिया अघि बढाइने उल्लेख गर्दै बैंकले ३५ दिनभित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गर्न ऋणी तथा जमानीकर्तालाई आग्रह गरेको छ।

को हुन् अम्बीर बाबु ?

अम्बिरबाबु गुरुङ नेपालका एक परिचित राजनीतिज्ञ तथा पूर्व मन्त्री हुन्। लामो समयसम्म नेकपा (एमाले) मा आबद्ध रहेका उनी, पार्टीले आसन्न निर्वाचनमा टिकट नदिएपछि एमाले परित्याग गरी नेकपा (नेपाली कम्युनिष्ट पार्टी) मा प्रवेश गरेका थिए।

उनी ओखलढुंगा जिल्लाको राजनीतिमा सक्रिय छन्। उनले यसअघि ओखलढुंगा प्रदेशसभा ‘क’ बाट निर्वाचन जितेर प्रदेशसभा सदस्य बनेका थिए। एमालेले टिकट नदिएपछि नेकपाको तर्फबाट उम्मेदवार बनेका उनी रास्वपाका विश्वराज पोखरेलसँग पराजित भएका हुन्।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *