काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको हेटौंडा शाखाले मृतक बीमितको परिवारलाई मृत्युदाबी बापत ११ लाख ४९ हजार रुपैयाँ भुक्तानी गरेको छ।
कम्पनीका अनुसार स्वर्गीय भेषबहादुर स्याङतानले करिब तीन वर्षअघि १० लाख रुपैयाँ बराबरको जीवन बीमा पोलिसी खरिद गरेका थिए। गत महिना उनको निधन भएपछि बीमा दाबी प्रक्रिया पूरा गरी उक्त रकम भुक्तानी गरिएको हो।
कम्पनीको हेटौंडा शाखाका प्रतिनिधिहरूले मृतकको घरमै पुगेर एक कार्यक्रमका बीच रकम हस्तान्तरण गरेका हुन्। कार्यक्रममा शाखा प्रमुख, कर्मचारी तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कम्पनीले बीमालाई भविष्यको आर्थिक सुरक्षा र कठिन परिस्थितिमा परिवारलाई सहारा दिने माध्यमका रूपमा उल्लेख गरेको छ। मृतकका परिवारले समयमै दाबी भुक्तानी गरिएको भन्दै कम्पनीप्रति धन्यवाद व्यक्त गरेका छन्।







