काठमाडौं महानगरपालिकाको मतगणना शुक्रबार रातिदेखि नै सुरु हुने भएको छ ।
राष्ट्रिय सभागृहमा मतगणना सुरु हुने काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिएका छन् ।
काठमाडौंमा ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ । अहिले सबै निर्वाचन बुथहरूबाट मतपेटिका राष्ट्रिय सभागृह ल्याइसकिएको छ । सर्वदलीय बैठक बसी केही बेरमा मतगणना सुरु गर्ने तयारी छ ।
काठमाडाैंमा सत्ता गठबन्धन र एमालेकाे मुख्य प्रतिस्पर्धा छ । मेयरमा बालेन साहकाे स्वतन्त्र उम्मेदवारीले नतिजामा फरक पार्ने आकलन गरिएकाे छ । सुरुवाती अग्रता कसले लेला भन्नेमा सर्वाधिक चासाे छ ।
Artha Sanjal






