वीरगंज महानगरपालिकाको मेयरको उम्मेदवार विजय कुमार सरावगी स्थानीयबाट लखेटिएका छन् । महानगरपालिकाको वडा नम्बर ३१ बेलवा प्रसौनी बुथमा मतदान गर्न गएका स्थानीहरुले सरावगीलाई लखेटेका हुन् ।
मतदान चलिरहदा बेला प्रसौनी बुथमा पुगेका सरावगीलाई स्थानीयले लेखट्न थालेपछि हतारहतार सरावगी आफ्नो गाडी चढेर फिर्ता भएका थिए ।
सरावगीले बेलवाबासीका लागि कुनै पनि काम नगरेको र अहिले फेरी भोट माग्न आएपछि आफुहरुले लखेटेको स्थानीयले बताएका छन ।
सत्ता गठबन्धन बनेपछि नेपाली कांग्रेसमा प्रवेश गर्ने अनेक उपाय अपनाएका भएपनि सरावगी गत फागुन २८ गते एमालेमा प्रवेश गरेका थिए । सरावगीले एमाले प्रवेश गर्नु अघि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा विमलेन्द्र निधि, डा. शशांक कोइराला, प्रकाशमान सिंह, गृहमन्त्री बालकृष्ण खाँण लगायत कांग्रेसका अधिकांश शिर्ष नेताहरुसँग भेटघाट गरेका थिए ।
अघिल्लो निर्वाचनमा मधेशी जनअधिकार फोरमबाट वीरगंज महानगरपालिकाका मेयर बनेका सरावगी स्थानीय निर्वाचनमा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार बनेका हुन्।






