सप्तरीको डाक्नेश्वरीमा मतदान स्थगित, अर्को मिति तोक्ने तयारी

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ मा रहेको हरिरवा जनता मावि मतदान स्थलमा आजको मतदान स्थगित  भएको छ ।

हरिरवा जनता माविमा मतदान अधिकृतमाथि कुटपिट हुनुका साथै मतपेटिका तोडफोड भएपछि आजका लागि स्थगित गर्ने तयारी भएको छ । सप्तरीका जिल्ला निर्वाचन अधिकृत रमेशकुमार जोशीले मतपेटिका तोडफोड र कागजात च्यातिएकाले आज फेरि मतदान सुरु गर्ने सम्भावना नरहेको जानकारी दिए । अहिले सर्वदलीय छलफल भइरहेको र अर्को मिति तोक्ने विषयमा छलफल भइरहेको जोशीले बताए । हरिरवा मावि मतदान स्थलमा फेरि सुरुदेखि नै मतदान गर्नुपर्ने अवस्था रहेको छ ।

दलका कार्यकर्ताको कुटपिटबाट घाइते मतदान अधिकृत विपीन यादवलाई उपचारका लागि एम्बुलेन्सबाट राजविराज पठाइएको डाक्नेश्वरी नगरपालिकाका निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए ।

दुई हजारभन्दा धेरै मत खसिसकेको अवस्थामा केही व्यक्तिले तोडफोड र कर्मचारीमाथि कुटपिट सुरु गरेका थिए । ती व्यक्तिहरूले मतदान स्थलका कागजातहरूसमेत च्यातेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *