जेठ ९ गते चुनाव सार्न देउवाले प्रस्ताव पठाएको ओलीको खुलासा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले चुनाव सार्न प्रस्ताव गरेको खुलासा गरेका छन् ।

मतदानपछि पत्रकारहरुसँग कुरा गर्दै ओलीले यस्तो बताएका हुन् ।

“देउवाले निर्वाचन सारौं भन्ने प्रस्ताव पठाउनुभएको थियो, मैले अलोकतान्त्रिक बाटो नहिँड्नुस् भनेको थिएँ । बाध्यता भएपछि चुनाव गराउनुभएको हो,” ओलीले भने, “आज ३० गते हो । ९ गते उहाँले प्रस्ताव पठाउनुभएको थियो । सप्रमाणको कुरा हो । चुनावका लागि हामीले धेरै पापड बेल्नुपरेको थियो ।”

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *