हुम्लाको खार्पुनाथ गाउँपालिका स्थित मालिका मावि मतदान केन्द्रमा झडप भएको छ । झडपमा १० जना घाइते भएका छन् । झडप भएसँगै मतदान प्रक्रिया रोकिएको छ ।
भोट कसले हाल्ने भन्ने विषयमा विवाद चर्किएपछि कांग्रेस माओवादी गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको हो । खार्पुनाथामा एमालेलाई नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गरेको छ ।
अहिलेसम्म ४६० मत खसिसकेको छ भने ४०० मत खस्न बाँकी छ ।
Artha Sanjal







