सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँ घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुन प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दिनमा सुनको मूल्य निरन्तर घट्दो क्रममा छ ।

आजको बजारमा चाँदीको मूल्य भने बढेको छ । यस दिन चाँदी तोलामा ८० रुपैयाँले बढेको हो । मंगलबारको बजारमा चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *