आईसीसी यू-१९ विश्वकप छनोट : नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले यू-१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हात पारेको छ । ओमानलाई आज ८ विकेटको फराकिलो अन्तरमा हराएको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा ११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेकाे हाे । निरज यादवले ४६ तथा साहिल पटेलले ४४ रन बनाए ।

ओमानका सौम्या भविनले २ विकेट लिए ।

त्यसअघि युवराज खत्रीको ५ विकेटमा नेपालले ओमानलाई ११७ रनमा अलआउट गरेको थियो । युवराजले ७ ओभरमा १५ रन दिएर ५ विकेट लिएपछि ओमान ३८ ओभरमा ११७ रनमा अलआउट भएको थियो ।

जीत व्रजेश साहले अर्धशतक बनाए । ७८ बलमा ६ चौकासहित उनले ५२ रन बनाए । सिद्धार्थ सोम्या शंकरले १६ रन बनाए ।

नेपालका लागि युवराजको ५ विकेटसँगै सन्तोष यादवले २ तथा दयानन्द मण्डल, अशोक धामी र अपराजित पौडेलले १-१ विकेट लिए ।

पहिलो खेलमा यूएईलाई हराइसकेको नेपालले अब तेस्रो खेलमा बुधबार हङकङसँग खेल्ने छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *