काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्रमा लगानी आवेदन खुलेको छ । बैंकले ३ अर्ब रुपैयाँको कुल ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ ।
जसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र १२ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन हुन लागेको हो । न्यूनतम २५ कित्ता लगानी गर्न सकिने यस ऋणपत्रको वार्षिक ब्याजदर ७.५ प्रतिशत छ ।
हाल बैंकहरुले व्यक्तिगत मुद्दतीमा दिने ब्याजदर ६ प्रतिशत हाराहारीमा छ । १० वर्षे अवधिको यो ऋणपत्र २०९१ सालमा मात्रै परिपक्व हुनेछ ।
इच्छुक आवेदकले अनलाइन प्रणाली मेरो सेयरमार्फत छिटोमा २१ गतेसम्म र सो अवधिसम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा ढिलोमा चैत ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
Artha Sanjal






