कर्पोरेट डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा, यस्ता छन् एजेन्डा

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले सोह्रौँ वार्षिक साधारणसभा बोलाएको छ। बैंकको सभा आगामी असार १९ गते, बुधबार, आफ्नो प्रधान कार्यालय, गीतामन्दिर रोड, वीरगञ्ज, पर्सामा बिहान ७:१५ मा सुरु हुनेछ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासंग मर्जर तथा एक्विजिशनसम्बन्धि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारि दिने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले असार १ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार जेठ ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *