कुमारी बैंकको १ लाख ६२ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल १ लाख ६२ हजार ९६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

संस्थापक सेयर खरिद गर्ने पहिलो हक संस्थापक सेयरधनीको हुने भएकाले संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखिएको बैंकले जनाएको छ ।

सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने  छ । सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *