


काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ को १० महिनामा वाणिज्य बैंकहरुले १० महिनामा ४८ अर्बभन्दाबढी खुद नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख मसान्तसम्ममा २० वाणिज्य बैंकले ४८ अर्ब ५९ करोड रुपैयाँ नाफा कमाएका हुन् ।
यस अवधिमा सबैभन्दा बढी कमाउनेमा नबिल बैंक रहेको छ । जसअनुसार बैंकले वैशाख मसान्तसम्म ५ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
त्यस्तै यस अवधिमा धेरै नाफा कमाउने दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक र तेस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । जस अनुसार ग्लोबल आइएमई बैंकले १० महिनामा ४ अर्ब १२ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ७७ करोड रुपैयाँ नाफा कमाएका छन् ।
त्यस्तै, प्राइम कमर्सियल बैंकले ३ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएको छ भने प्रभु बैंकले २ अर्ब ५० करोड ४६ लाख र एभरेष्ट बैंकले २ अर्ब ९८ करोड ३ लाख रुपैयाँ नाफा कमाएका छन् ।
यस अवधिमा कृषि विकासले २ अर्ब ६९ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ६६ करोड, राष्ट्रिय वाणिज्यले २ अर्ब ५६ करोड, एनएमबिले २ अर्ब ४८ करोड, हिमालयनले २ अर्ब २२ करोड र एनआईसी एशियाले २ अर्ब १६ करोड नाफा कमाएका छन् ।
यसैगरी सिद्धार्थ बैंकले १ अर्ब ९७ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ । सिटिजन बैंकले १ अर्ब ५० करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । सानिमाले १ अर्ब ७४ करोड, लक्ष्मी सनराइजले एक अर्ब ९५ करोड, कुमारीले १ अर्ब ४२ करोड, नेपाल एसबिआई ले १ अर्ब ४२ करोड र माछापुच्छ्रे बैंकले १ अर्ब १० करोड नाफा कमाएको छ भने नेपाल बैंकले ५९ करोड रुपैयाँ आर्जन गरेको छ ।

अर्थ सन्जाल