काठमाडाैंं । मुक्तिनाथ विकास बैंकले बझाङको एक विद्यालयको पुनःनिर्माणका लागि आर्थिक सहयोग गरेको छ । बैंकले २०८० असोज १६ गते बझाङ केन्द्रविन्दु भई गएको भुकम्पबाट प्रभावित बझाङको थलरा गाँउपालिका वडा नं. ९ स्थित भवानी आधरभूत विद्यालयको भवन पुनःनिर्माणका लागि नेपाल रेडक्रस सोसाइटी काठमाण्डौ जिल्लासँग सहकार्य गरी आर्थिक सहयोग गरेको हो ।
हाल, नेपाल रेडक्रस सोसाइटी काठमाण्डौ जिल्लासँग सहकार्य गरि निर्माण गरिएको उक्त भवनको निर्माण कार्य सम्पन्न भई एक कार्यक्रमबीच विद्यालयलाई हस्तारण गरिएको छ । सो भवन निर्माण कार्यका लागि अभिभावक तथा अन्य स्थानियवासीहरुले श्रमदान समेत गरेका थिए ।
यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले विधार्थीहरुले नवनिर्मित भवनमा बसेर राम्ररी पढ्न पाउने, घाम, पानीबाट सुरक्षित बसी आफ्नो दैनिक पठनपाठन कार्य गर्न मद्दत पुग्ने विश्वास लिएको छ ।
अर्थ सन्जाल