काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स कम्पनी लिमिटेडको लकइन अवधि आगामी असार १० गते समाप्त हुने भएको छ।
कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको १५ लाख कित्ता सेयरको लक इन अवधि असार १० मा समाप्त हुन लागेको हो ।
कम्पनीले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सार्वजनिक निष्कासनमार्फत निष्कासन गरेको साधारण सेयर पुस ११ गते बाँडफाँड गरेको थियो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँबराबरको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।
उक्त बाँडफाँड गरिएकोमध्ये सामूहिक लगानी कोषलाई छुट्टाइएको ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको हो । सामूहिक लगानी कोषको स्वामित्वमा रहेको शेयरको लइकन ६ महिना लागू हुने व्यवस्था गत कात्तिक २० गतेदेखि लागू भएको हो ।
Artha Sanjal
अर्थ सन्जाल