१० महिनामा ११ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो,वैदेशिक रोजगारीमा कति गए नेपाली ?

काठमाडाैं । चालु आर्थिक वर्षको १० महिना करिब ११ खर्ब रुपैयाँ भन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको १० महिनाको प्रतिवेदन आुसार यो अवधिमा ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भई ९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति–संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ७४ हजार ८८७ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ३७ हजार ८९३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख २१, हजार ७९ र २ लाख ३८ हजार ९७६ रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *