


काठमाडाैं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा मिसिल झिकाउने आदेश गरेको छ।
न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सोमबारको सुनुवाइमा आवश्यक मिसिलहरू प्राप्त नभएकाले उक्त मिसिलहरू मगाउने आदेश गरेको हो ।
अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा सर्वोच्चले यसअघि पोखरा प्रहरी कार्यालयमा पेस भएको जाहेरी पेस गर्न भनेको थियो । तर आजको सुनुवाइका क्रममा सरकारी पक्षले केही पनि पेस नगरेपछि मिसिलहरू मगाउने बारे बहस भएको थियो ।
सर्वोच्चले गृहमन्त्री लामिछानेविरुद्ध दर्ता भएका वा पेस भएका उजुरी, अभियोग पत्र र अन्य मिसिलहरू पेस गर्न आदेश गरेको हो । सर्वोच्चले अर्को सुनुवाइमा उक्त मिसिलहरू प्राप्त गरेपछि सुनुवाइ गर्दै निलम्बन गर्ने वा नगर्नेबारे निर्णय लिने छ।
Artha Sanjal

अर्थ सन्जाल