काठमाडौं । आज सेयर बजारमा दोहोरो अंककाे वृद्धि भएको छ । नेप्से परिसूचक ८.९ अंकले बढेर २०८२.०९ को विन्दुमा बन्द भएको हो।
त्यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.८६ अंकले बढेर ३६९.०५ बिन्दुमा पुगेको छ ।
आज दिनभरिमा ३१४ कम्पनीको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज १७६ कम्पनीको सेयरमूल्य बढेलो छ भने ६१ कम्पनीको सेयरमूल्य घटेको छ। आज ९ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै कुथेली बुखरीका लगानीकर्ताले १० प्रतितशका दरले कमाएका छन् । त्रिशुली जलविद्युतका लगानीकर्ताले पनि १० प्रतिशतका दरले कमाएका छन् । पिपुल्स पावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । मोलुङ हाइड्रोपावरका लगानीकर्ताले ९.४९ प्रतिशतका दरले कमाएका छन् ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार भएको छ। यस कम्पनीको ४१ करोड ८७ लाख रुपैयाँ कारोबार भएको छ।
एनआरएन इन्फ्रास्ट्रक्चर ४१ करोड ८७ लाख रुपैयाँ,माउन्टेन इनर्जी २४ करोड ४७ लाख रुपैयाँ,जानकी फाइनान्स १६ करोड ७७ लाख रुपैयाँ,सीईडीबी हाइड्रोपावर १३ करोड ५१ लाख रुपैयाँ,युनाइटेड इदी मर्दी १२ करोड ४४ लाख रुपैयाँ,हिमालयन लघुवित्त ९ करोड ९२ लाख रुपैयाँ,नेपाल हाइड्रो ९ करोड ६५ लाख रुपैयाँ,सुपर मादी हाइड्रोपावर ९ करोड २३ लाख रुपैयाँ,ग्रीन भेन्चर ९ करोड २ लाख रुपैयाँ,ग्लोबल आइएमई लघुवित्त ८ करोड ५६ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ।