


काठमाडाैं । कुमारी बैंकको संस्थापक शेयर लिलामी बिक्री खुला भएको छ । बैंकको १४ लाख ६१ हजार ६०० कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला गरेको हो ।
बैंकको उक्त संस्थापक शेयरमा बैंकका संस्थापक शेयरधनी सहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको संस्थापक शेयर खरिद गर्न इच्छुकहरुले असार ३ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ । बैंकको बिक्री प्रबन्धक प्रभु क्यापिटलमा आवेदन बुझाउनु पर्नेछ ।
Artha Sanjal

अर्थ सन्जाल