काठमाडौं। डिजिटल वालेट खल्ती र स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडबिच डिजिटल भुक्तानीका लागी साझेदारी भएको छ । यस साझेदारीसँगै अब स्ट्याण्डर्ड चार्टर्ड बैंकका ग्राहकहरूले खल्ती वालेटमा सहजै पैसा लोड गरी विभिन्न सेवाहरूको उपभोग गर्न सक्ने भएका छन् ।
यस साझेदारी पछि ग्राहकहरूले स्ट्याण्डर्ड चार्टर्ड बैंकको एप–‘एस् सी मोबाइल नेपाल’ प्रयोग गरी सिधै खल्ती वालेटमा पैसा लोड गर्न सक्नेछन् । बिना झन्झट खल्ती लोड गरी आफूलाई आवश्यक पर्ने सेवा खल्ती मार्फत सजिलै लिन सकिनेछ ।
ग्राहकहरूले खल्ती प्रयोग गरी सहजै मुभी, इभेन्ट लगायतका टिकट खरिद, बिल भुक्तानी, प्लेसेस र अरू थुप्रै सेवा सुविधाहरूको लाभ लिन सक्नेछन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकको एप– एस् सी मोबाइल नेपाल प्रयोग गरी खल्ती लोड गर्न सकिन्छ ।
Artha Sanjal
अर्थ सन्जाल