सेयर बजारमा सामान्य गिरावट, १४७ कम्पनीको मूल्य घट्यो

काठमाडाैं। साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य अकंले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज नेप्से ४.५९ अकंले घटेर २०७९.१९ बिन्दुमा बन्द भएको छ ।

त्यस्तै, सेन्सेटिभ परिसूचक पनि २.१५ अंकले बढेर ३६८.१८ बिन्दुमा पुगेको छ ।

आज ३१३ कम्पनीको १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५२२ रुपैयाँको कारोबार भएको छ । घटेको बजारमा ९७ कम्पनीको शेयरभाउ बढेको छ भने १४७ कम्पनीको घटेको छ। आज ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

त्यस्तै, बजार ओरालो लागेपनि आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज इस्र्टन हाइड्रोपावर, शुभम पावर, सिटि होटल, कुथेली बुखेरी स्मल हाइड्रोपावर र भगवति हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो । त्यसैगरी आइतबार आठ उपसूचक राताम्य भएका हुन् । यसदिन बैंकिङ समूहको ०.९६ प्रतिशत, विकास बैंक समूहको ०.५९ प्रतिशत, फाइनान्स समूहको ०.९१ प्रतिशतले सेयर मूल्य घटेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ। यस कम्पनीकाे ३२ करोड ३ लाख रुपैयाँको कारोबार भएको छ।

त्यस्तै, सीईडीबी हाइड्रोपावर २१ करोड १३ लाख रुपैयाँ,सिटी होटेल १३ करोड ९७ लाख रुपैयाँ,पोखरा फाइनासन्स १२ करोड ३८ लाख रुपैयाँ,हाथवे इन्भेस्टमेन्ट ११ करोड ७३ लाख रुपैयाँ,ग्लोबल आइएमई लघुवित्त ११ करोड १८ लाख रुपैयाँ,डिप्रोक्स लघुवित्त ८ करोड १४ लाख रुपैयाँ,नेपाल रिपब्लिक मिडिया ८ करोड ६ लाख रुपैयाँ,नेपाल फाइनान्स ७ करोड ८४ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *