


काठमाडौं । अवैध सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका–९ बस्ने ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्गा नगरपालिका–५ बस्ने २१ वर्षीय मोहमद अरमान र सप्तरी खडक गरपालिका–६ बस्ने ३७ वर्षीय ज्याउदिन मिया रहेका छन । उनीहरुलाई दुई फरक–फरक घटनामा प्रहरीले पक्राउ गरेको हो ।
सरोज कोइराला र मोहम्मद इन्तेयाज आलम २५ ग्राम सुनको सिक्रि, करिब ६९ ग्राम ९९ मिलिग्राम सुनको काँचो डल्लोसहित पक्राउ गरेका हुन् । कोइरालाले भन्सार छली ल्याएको सुन आलमलाई दिने क्रममा दुवै जना पक्राउ परेका हुन् । कोइराला कतार एयरमाफर्त नेपाल आएका थिए ।
त्यसैगरी ५० ग्राम सुनको सिक्रिसहित अरमान र मियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कतार एयरको उडानद्वारा दोहाबाट नेपाल आएका ज्याउदिनले भन्सार छली ल्याएको सुनको सिक्रि अरमानलाई दिने पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अर्थ सन्जाल