गाँजा उत्पादन खुला गर्न एक महिनाभित्रै नियमावली बनाउँछौँ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले औषधीय र औद्योगिक प्रयोजनका लागि एक महिनाभित्र गाँजासम्बन्धी नियमावली ल्याउने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी र प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री लामिछानेले साे कुरा बताएका हुन् ।

लामिछानेले औषधि र गाँजाबाट विभिन्न सामग्री निर्माणका लागि गाँजा खेती खुला गर्नका लागि नियमावली बनाउने बताए । उनले मन्त्रालयले यसबारे काम गरिरहेको बताउँदै एक महिनाभित्रै नियमावली आउने प्रतिबद्धता व्यक्त गरे । ‘छलफल र आवश्यकताका बारेमा पर्याप्त अध्ययन र अनुसन्धान भएको परिपेक्षमा अब हामीले दुविधा राख्नुपर्ने अवस्था मैले देखेको छैन,’ उनले भने, ‘एक महिना भित्र हामी नियमावली बनाउँछौँ ।’

बैठकमा समितिका सभापति आरजु राणा देउवाले भदौसम्म गाँजा खुला गर्ने नियमावली ल्याउन मन्त्रालयलाई निर्देशन समेत दिएकी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *