प्रभु ग्रुपका देवी भट्टचनलाई मातृशोक

काठमाडौं । प्रभु ग्रुपका संस्थापक तथा अध्यक्ष देवी प्रसाद भट्टचनलाई मातृशोक परेको छ । उनकी आमा यम कुमारी भट्टचनको गएराति १०ः४० बजे ८६ वर्षको उमेरमा काठमाडौंमा निधन भएको छ ।

यम कुमारीकी श्रीमान स्व. बाल नरसिंह भट्टचनको यसअघि नै निधन भइसकेको छ । यम कुमारीका दुई छोरा र दुई छोरी छन् । उनको पार्थिव शरिरलाई आज अपरान्ह २ बजेपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारका सदस्यले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *