नेष्डो समृद्ध लघुवित्तको साधारणसभा आज, यस्ता छन् एजेन्डा

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको वार्षिक साधारणसभा आज जेठ २५ गते शुक्रबार हुँदैछ । सभा, रोयल कुश्मा रिसोर्ट, पर्वतमा अपरान्ह साढे १२ बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व पर्ने ४ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । सभा प्रयोजनका लागि कम्पनीले जेठ १८ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ १७ गतेसम्म कायम सेयरधनीले सभामा सहभागि हुन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *