काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा खरिद बिक्री भएको छ । त्यसैगरी तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेकाे छ ।
बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएकाे थियाे । बिहीबार कायम उक्त मूल्यलाई ब्रेक गर्दै सुनको हालसम्मकै उच्च मूल्यमा पुगेको हो । त्यसभन्दा पहिले गत मंगलबार प्रतितोला एक लाख ४२ हजार ७०० रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो ।
यस्तै शुक्रबार चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।
अर्थ सन्जाल