काठमाडौं। नेपाल लाइफ क्यापिटलले १५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १:०.५ अनुपातमा २९ करोड ९९ लाख ३ हजार ६०० रुपैयाँको १४ लाख ९९ हजार ५ सय १८ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
यस सेयरमा आजसम्म कायम संस्थापक सेयरधनीले खरिद आवेदन दिन सक्नेछन् । हाल कायम संस्थापक सेयरधनीले आफ्नो कायम सेयरको अनुपातमा हुन आउने हकप्रद खरिद गर्न कम्पनीले आग्रह गरेको छ ।
हकप्रद सेयरमा आवेदनकर्ताले आगामी असार ११ देखि असार २५ गतेभित्र आवेदन पेस गर्न सक्नेछन् ।
आवेदन कम्पनीको कारोबार कार्यालय कमलपोखरी काठमाडौंमा पाइनेछ ।
साथै, तोकिएको समयभित्र आवेदन नपरेमा कम्पनीको सेयर बेचबिखन, पुनः बाँडफाँट वा अन्य किसिमले वितरण गरिने पनि कम्पनीले जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल