काठमाडाैं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले काठमाण्डौको कमलादिस्थित हेयर एण्ड शान्ति युनिसेक्स सलोनमा विशेष छुट पाउने भएका छन् । यससम्बन्धी प्रभु बैंक र हेयर एण्ड शान्ति युनिसेक्स सलोनबीच सम्झौता सम्पन्न भएको छ ।
एक समारोहका बीच हेयर एण्ड शान्तिका तर्फबाट निर्देशक रामकुमार श्रेष्ठ र प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।
समारोहमा प्रभु बैंकका बजार व्यवस्थापक का तर्फबाट म्यानेजर दिना चित्रकार र अधिकृत आशुतोष सिंह कठायत तथा हेयर एण्ड शान्तिका तर्फबाट म्यानेजर पुजा थापाको समेत उपस्थिति रहेको थियो ।
सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु तथा कर्मचारीहरुले हेयर एण्ड शान्ति मा प्रोफेशनल मेकअप, पेनलेश डिपीलेशन,हेयर कट एण्ड स्टाईलिङ, आईल्यास एक्सटेन्सन,प्रोफेशनल स्टाईलिस्ट,स्पा प्रोसिज्योर,रिजेनेरेटिङ ट्रिटमेन्ट म्यानिक्योर र पेटीक्योर जस्ता सौेन्द्रर्यसम्बन्धी सेवा लिँदा थ्रेड्रिङ्गबाहेक ग्राहकहरुलाई १० प्रतिशत र कर्मचारीहरुलाई ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा विद्युतिय प्रणालीमध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले प्रभु बैंक लिमिटेडको कर्मचारी परिचयपत्र समेत पेश गर्नुपर्ने छ ।
हेयर एण्ड शान्तिले दुई दशकदेखि निरन्तर विभिन्न स्थानका आउटलेट जस्तै काठमाण्डौ भित्र ८ र पोखरा १,विरगंज १, हेटौडा २ र नारायणघाटमा एउटा आउटलेटबाट सौेन्दर्य सम्बन्धी सेवा उपलब्ध गराउँदै आईरहेको छ ।
त्यसैगरी, ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।
अर्थ सन्जाल