


काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले भारतीय जीआईसी रिको ‘ट्रिटी’ हिस्सा पाएको छ । कम्पनीले विश्व विख्यात पुनर्बीमा कम्पनी जिआइसी रिको पुनर्बीमा ट्रिटीमा हिस्सा प्राप्त गर्न कम्पनी सफल भएको छ ।
भारतको नियमनकारी निकायबाट भारतको पुनर्बीमा प्राप्त गर्न स्वीकृति पाएको पहिलो वर्षमा नै कम्पनीलाई यो अर्को सफलता हो । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले भारत सहित अन्य ३० भन्दा बढी मुलुकहरुमा व्यवसाय विस्तार गर्न सफल भएको छ ।
‘एकपछि अर्काे उपलब्धि हासिल हुने क्रममा जीआइसी रिले देखाएको विश्वासले कम्पनीलाई आगामी दिनमा अन्य देशमा समेत व्यवसाय विस्तार गर्न हौसला प्रदान गरेको छ’ हिमालयन रिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Artha Sanjal

अर्थ सन्जाल