काठमाडौं । नेपाल एसबिआई बैंक र फोन पे प्रा.लिबीच सीमापार भुक्तानीलाई सहज बनाउन सम्झौता भएको छ । नेपाल र भारत बीचको सीमापार भुक्तानीका सहज बनाउन सम्झौता गरिएको हो ।
नेपाल भ्रमणमा आउने भारतीय ग्राहकहरूले अब युपीआई आबद्ध एपहरू (फोनपे, भिम युपीआई गुगल पे) प्रयोग गरी आफुले खरिद गरेका वस्तु तथा सेवाहरूको तत्काल भुक्तानी गर्न सक्नेछन् ।
बैंकले पिटुएम (पर्सन टु मर्चेन्ट) भुक्तानी च्यानल सञ्चालन गर्न फोन पेसँग सम्झौता गरेको हो । नेपाल एसबिआईको फोनपे नेटवर्कसँग आबद्ध व्यापारीहरूले नगद लेनदेनको आवश्यकतालाई हटाउँदै युपीआई भुक्तानीहरू सजिलै स्वीकार गर्न सक्नेछन्।
उक्त सम्झौताले नगदरहित कारोवारलाई प्रबद्धन गर्ने र ग्राहकहरूलाई समग्र बैंकिङ अनुभव बढाउने लक्ष्य राखेको छ । उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार दे को उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कुमार पंडा र फोन पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले हस्ताक्षर गरेका थिए ।
उक्त कार्यक्रममा बैंकका प्रमुख संचालन अधिकृत यादवेंद« कांत, प्रमूख प्रविधि अधिकृत, सुनन्द मल्होत्रा, प्रमूख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र फोनपे का प्रमुख व्यवसाय अधिकृत सुमित दास लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
हाल यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।
अर्थ सन्जाल