


काठमाडौं। सेयर बजारमा आज सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ५.५८ अंकले घटेर २०७९.७१ को विन्दुमा झरेको छ।
आज ३०६ कम्पनीका ८० लाख ४२ हजार ७६७ कित्ता सेयर ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार ४९३ रुपैयाँमा किनबेच भएका छन्।बजार घट्दा ८३ कम्पनीको शेयरभाउ बढेको छ भने १५८ कम्पनीको घटेको छ। आज ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज सबैभन्दा धेरै भगवती हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.८३ प्रतिशतका दरले कमाएका छन् । माइ खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.६५ प्रतिशतका दरले कमाएका छन् ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरकाे सर्वाधिक कारोबार भएको छ । यस कम्पनी १९ करोड ३ लाख रुपैयाँकाे काराेबार भएकाे छ ।
सीईडीबी हाइड्रोपावर १८ करोड ४३ लाख रुपैयाँ,निमा माई हाइड्रोपावर १६ करोड ९९ लाख रुपैयाँ,पोखरा फाइनान्स १२ करोड ६ लाख रुपैयाँ,ग्लोबल आइएमई लघुवित्त ८ करोड ५३ लाख रुपैयाँ,नेपाल फाइनान्स ७ करोड ४७ लाख रुपैयाँ,नाडेप लघुवित्त ६ करोड ६६ लाख रुपैयाँ,शिवम सिमेन्ट ६ करोड ६६ लाख रुपैयाँ,हिमालयन लघुवित्त ६ करोड ४८ लाख रुपैयाँ,विजय लघुवित्त ५ करोड ८५ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ।

अर्थ सन्जाल