काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा आज ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलवार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार चाँदी एक हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।