काठमाडौं । सेयर बजार मंगलवार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० को विन्दुमा बन्द भएको छ।
आज ३१५ कम्पनीकाे ८३ लाख ५ हजार ७८६ कित्ता सेयर ४ अर्ब ८ कराेड ४७ लाख १५ हजार ८७७ रुपैयाँमा किनबेच भएका छन्। आज १२५ कम्पनीको सेयरभाउ बढेको छ भने ११४ कम्पनीको सेयरभाउ घटेको छ। आज ८ कम्पनीको सेयरभाउ स्थिर रहेको छ।
आज सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । महुली लघुवित्तका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । हिमालयन लघुवित्तका लगानीकर्ताले पनि ७ प्रतिशतका दरले कमाएका छन् ।
आज सीईडीबी हाइड्रोपावरकाे सर्वाधिक कारोबार भएको छ। यस कम्पनीकाे २० करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ।
नेपाल फाइनान्सः १२ करोड ९८ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चर ११ करोड ८२ लाख रुपैयाँ,युनाइटेड अजोड इन्स्योरेन्स ११ करोड ७९ लाख रुपैयाँ,ग्लोबल आइएमई लघुवित्त १० करोड ९० लाख रुपैयाँ,हिमालयन लघुवित्त ९ करोड ४१ लाख रुपैयाँ,विजय लघुवित्त ८ करोड ८४ लाख रुपैयाँ,पोखरा फाइनान्स ७ करोड ९५ लाख रुपैयाँ,हाथवे इन्भेस्टमेन्ट ६ करोड २९ लाख रुपैयाँ,माथिल्लो मैलुङ खोला जलविद्युत ५ करोड ९३ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ।
अर्थ सन्जाल