काठमाडाैं । सिटिजन्स बैंकका डेपुटी सीइओ पारस कुमार काफ्लेको हृदयघातका कारण निधन भएको छ । बैंकका एक उच्च अधिकारीले उनको निधनको खबर पुष्टी गरेका छन् ।
बैंकको सिईओसहित सिनियर मेनेजमेन्ट टिम श्रीलंका गएको फर्किनु पूर्व नै उनको निधन भएको हो । चार दिनअघि मात्रै श्रीलंका बिफिनको कार्यक्रमका लागि बिफिनका सदस्य संस्थाका प्रतिनिधिहरु श्रीलंका पुगेका थिए ।
हृदयघात भएपछि उनलाई श्रीलंकाकै एक अस्पताल पुर्याइएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको हो । उनको पार्थिव शरीर नेपाल ल्याउने प्रक्रिया अगाडी बढाइएको छ ।