


काठमाडौं-आईसीसी टी-ट्वेन्टी विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज नेदरल्यान्डस्सँग प्रतिस्पर्धा गर्दै छ ।खेल नेपाली समयअनुसार मंगलबार राति साढे ९ बजे ग्राण्ड प्रेरी रंगशाला डालसमा सुरु हुनेछ ।
नेदरल्यान्डस् र नेपाल टी- ट्वेन्टी आईमा चौथो पटक आमने सामने हुँदै छन् । गत फ्रेब्रुअरी/मार्चमा त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक टी- ट्वेन्टी आई सिरिजमा भएका तीन खेलमध्ये एकमा नेपाल र दुई खेलमा नेदरल्यान्डस् विजयी भएको थियो ।
नेपाल रहेको समूह-डी मा टोली दक्षिण अफ्रिका, बंगलादेश र श्रीलङका पनि छन् ।
Artha Sanjal

अर्थ सन्जाल