काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारीसहित १४ जना विरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएपछि मेयर र उपमेयर एकसाथ निलम्बनमा परेका छन् ।
लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको अभियोगमा अख्तियारले सोमबार नै ५ वटा मुद्दा दायर गरेको हो ।
अख्तियारले मेयर महर्जन, उपमेयर मुना अधिकारीसहित कर्मचारी र ९ जना क्रसर सञ्चालकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरुमाथि १ अर्ब ४ करोड बिगो माग दाबीसहितको आरोपपत्र विशेष अदालतमा पेश भएको छ ।
अख्तियारले लेले र नल्लुका ढुंगाखानीमा अनियमितता भएको आरोपमा सोमबार नै ५ वटा छुट्टाछुट्टै मुद्दा पेश गरेको छ ।
Artha Sanjal
अर्थ सन्जाल