


काठमाडौं । सेयर बजार सोमबार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ३.९७ अंकले घटेर २०७९.०७ को विन्दुमा बन्द भएको छ।
आज ३१६ कम्पनीका ८८ लाख २० हजार १२५ कित्ता सेयर ४ अर्ब ४० लाख ७० हजार २४३ रुपैयाँमा किनबेच भएका छन्। आज ११० कम्पनीको सेयरभाउ बढेको छ भने १२९ कम्पनीको सेयरभाउ घटेको छ। आज ८ कम्पनीको सेयरभाउ स्थिर रहेको छ।
आज सबैभन्दा धेरै बुद्ध भुमी नेपालका लागानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.६६ प्रतिशतका दरले कमाएका छन् । हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६.९१ प्रतिशतका दरले कमाएका छन् । नेशनल लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरकाे सर्वाधिक कारोबार भएको छ। यस कम्पनीकाे १४ करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ।
एनआरएन इन्फ्रास्ट्रक्चर १४ करोड ८५ लाख रुपैयाँ,पोखरा फाइनान्स १३ करोड ८६ लाख रुपैयाँ,ग्रिन भेन्चर १२ करोड ४० लाख रुपैयाँ,नेपाल फाइनान्स १० करोड ७ लाख रुपैयाँ,हिमालयन लघुवित्त १० करोड ७ लाख रुपैयाँ,सीईडीबी हाइड्रोपावर ९ करोड ५१ लाख रुपैयाँ,मल्टीपर्पस फाइनान्स ८ करोड ६४ लाख रुपैयाँ,रिलायन्स फाइनान्स ७ करोड २० लाख रुपैयाँ,समृद्धि फाइनान्स ७ करोड ११ लाख रुपैयाँ,अप्पर लोहोरे खोला हाइड्रोपावर ६ करोड ७५ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ।

अर्थ सन्जाल