


काठमाडाैं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । यसदिन सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला एक लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आईतबार छापावाल सुन ताेलाकाे एक लाख ४२ हजार रुपैयाँमा र तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार चाँदी एक हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
Artha Sanjal

अर्थ सन्जाल