


काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।
कम्पनीले हकप्रद निष्कासन प्रस्ताव पारित गर्न जेठ ३० गते विशेष साधारणसभा बोलाएको छ । कम्पनीको विशेष साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय, पानीपोखरी, काठमाडौंमा बिहान १० बजे बस्नेछ ।
सभा प्रयोजनका लागि बुधबार जेठ २३ गते बुक क्लोज हुने भएकाले मंगलबार जेठ २२ गतेसम्म कायम सेयरधनीले मात्र भाग लिन पाउनेछन् । हाल यस कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।
Artha Sanjal

अर्थ सन्जाल