नेप्से परिसूचक १३.५१ अंकले बृद्धि हुँदा ४ अर्ब ३१ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक आज १३.५१ अंकले बढेर २०८३.०४ को विन्दुमा बढेको हो।

आज ३२५ कम्पनीकाे ९६ लाख ९७ हजार २०६ कित्ता सेयर ४ अर्ब ३१ करोड १० लाख १५ हजार ६३० रुपैयाँमा कारोबार भएको छ। बजार बढ्दा आज १७४ कम्पनीको सेयरभाउ बढेको छ । ६१ कम्पनीको शेयरभाउ ओरालो लाग्दा १२ कम्पनीको स्थिर रहेको छ।

आज सबैभन्दा धेरै मल्टिपर्पस फाइनान्स र मकर जितुमाया हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । कालिञ्चोक दर्शका लगानीकर्ताले ८.८५ प्रतिशतका दरले कमाएका छन् । अपर सोलुका लगानीकर्ताले ८.४८ प्रतिशतका दरले कमाएका छन् ।

आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। यस कम्पनीको २२ करोड ६४ लाख रुपैयाँकाे कारोबार भएको छ।

पोखरा फाइनान्स १८ करोड ७० लाख रुपैयाँ,फर्स्ट माइक्रोफाइनान्स १४ करोड ७ लाख रुपैयाँ,अप्पर लोहोरे खोला हाइड्रोपावर १२ करोड ४४ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चर १० करोड ७१ लाख रुपैयाँ,सीईडीबी हाइड्रोपावर १० करोड ७० लाख रुपैयाँ,कालिञ्चोक दर्शन १० करोड २० लाख रुपैयाँ,मल्टीपर्पस फाइनान्स १० करोड ११ लाख रुपैयाँ,जानकी फाइनान्स ७ करोड ८५ लाख रुपैयाँ,नेपाल लाइफ ५ करोड ९६ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *