


काठमाडौँ । ट्वान्टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले हराएर सानदार जित हात हासिल गरेको छ । डालासमा भएको उक्त खेलमा क्यानडाले दिएको १९५ रनको लक्ष्य अमेरिकाले १४ बलअगावै हासिल गरेको हो ।
अमेरिकाका लागि आरोन जोन्सले विस्फोटक ब्याटिङ गरेका थिए । उनले अविजित रहँदै ४० बलमा १० छक्का र ४ चौका गरी ९४ रन बनाए । त्यस्तै एन्ड्रिएस गोसले ४६ बलमा ३ छक्का र ७ चौकाको सहयोगमा ६५ रन बनाए । क्यानडाका लागि कलीम साना, डिलन हेलिगर र निखिल दत्तले १/१ विकेट लिएका थिए ।
Artha Sanjal

अर्थ सन्जाल