


काठमाडाैं । प्रभु बैंक लिमिटेडले ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४’ बाट सम्मानित भएको छ ।
बैंकले इकोसिस्टममा आधारित इनोभेसन श्रेणीमा डिजिटल संलग्नतालाई अधिकतम बनाएर सकारात्मक ग्राहक अनुभव सुनिश्चित गरेको आधारमा गोल्ड अवार्ड प्राप्त गरेको हो ।
२०० भन्दा बढी मनोनयनका साथ प्रभु बैंक विजेता बनेको थियो ।
पछिल्लो समय प्रभु बैंकले आफ्ना सेवा तथा सुविधाहरुको विस्तार गर्दै आफ्ना ग्राहकहरुलाई सहज बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ । आफ्नो डिजिटल इकोसिस्टम अपग्रेड गर्न, सुविधा र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरूलाई सेवा प्रदान गरेकोमा इन्फोसिस फिनाकल इनोभेसन अवार्ड प्राप्त गरेकाे हाे ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंकले यो अवार्ड प्राप्त गरेको बताउँदै ग्राहकले डिजिटल बैंकिङको सरल र सहज सुविधा प्राप्त गरेकोमा आफू सन्तुष्ट रहेको बताए । उनले यस अवार्डले आगामी दिनमा हाम्रा ग्राहकहरुको संलग्नतालाई थप विस्तार गर्न र उनीहरुलाई थप सेवा र सुविधा प्रदान गर्न उत्साहित बनाएको बताए ।

अर्थ सन्जाल