काठमाडौं । कुमारी बैंकको ३ लाख १४ हजार १४० कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (जेठ १८ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
बैंकले साविकको एनसीसीको बैंकको नाममा रहेको १४ लाख ८३ हजार ३ सय ७८ कित्ता संस्थापक समूहको सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । सेयरकाे न्यूनतम मूल्य १ सय १० रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले न्यूनतम १००० कित्तादेखि अधिकतम १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
इच्छुकले बैंककाे सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी, काठमाडौँमा आइपुग्ने गरी आवेदन पेश गर्न सक्नेछन् ।