


काठमाडौं। टी-२० विश्वकप क्रिकेट खेल्न अमेरिका जाने तयारीमा रहेका सन्दिप लामिछानेकाे भिसा दाेस्राे पटक पनि अस्वीकार भएकाे छ । आज बिहीबार अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरि रिजेक्ट भएको हाे ।
टी-२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन यसअघि पनि अस्वीकार भएको थियो । अमेरिकी दूतावासले नै फेरि उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो ।
नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।
सरकारले पनि कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो । टी-२० विश्वकप क्रिकेट अमेरिकाले आयाेजना गरेकाे छ । नेपाली क्रिकेट टाेलीले विश्वकप खेल्ने नेपाली टाेलीकाे नाममा सन्दिप पनि सहभागी गराउने पहल गरेर आइसीसीलाई नाम बुझाए पनि अब सन्दिप अमेरिका जान नपाउने भएका छन् ।

अर्थ सन्जाल