सिटिजन्स बैंकको ‘पार्टनर फर प्रोग्रेस’ भिडियो प्रतियोगिता

काठमाडाैं । सिटिजन्स बैंकले आफ्ना ग्राहकहरुसँगको संलग्नतालाई बढाउन पार्टनर फर प्रोग्रेस नामक फेसबुक भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । व्यक्तिगत वा व्यावसायिक रूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने व्यक्ति वा संघ संस्थालाई सबै माझ चिनाउने र सम्मान गर्ने उदेश्यले बैंकले यो प्रतियोगिताको आयोजना गरेको जनाएको छ ।

भिडियो प्रतियोगिताको उदेश्य साथी, आफन्त वा परिवारजनको जो कोही सदस्य वा कुनै संघ संस्थामा सहभागीको प्रगतिको साथीको साथमा एक भिडियो बनाई जीवनमा सकारात्मक परिवर्तन ल्याउन एक पार्टनरको भूमिका कत्तिको महत्वपूर्ण रहन्छ त भन्ने कुरालाई प्रस्ट्याउनु रहेको बैंकले उल्लेख गरेको छ । एक आम व्यक्तिको पनि वास्तविक जीवनको सफलताको कथा अरुलाई प्रेरणाको स्रोत बन्न सक्ने र यो भिडियो प्रतियोगिताले धेरैलाई प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

आफ्नो प्रेरणादायक कथाहरूलाई छोटो मोवाइल भिडियो वा फेसवुक रिलको रुप दिएर प्रतियोगितामा समावेश हुन सकिन्छ । एक मिनेट सम्मको समयावधि भएको भिडियो बनाएर #partnerforprogress सहित फेसबुकमा भिडियो अपलोड गरि सिटिजन्स बैंकको फेसबुक पेज लाई ट्याग गर्नुपर्नेछ साथै सो भिडियो पव्लिक हुनुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट हुने प्रथम, द्वितीय र तृतीय भिडियोलाई सम्मान स्वरूप नगद पुरस्कार रु ५० हजार,३० हजार र रु २० हजार क्रमशः प्रदान गरिने छ ।

यो प्रतियोगिता जेष्ठ महिनाभर सञ्चालन हुनेछ ।

सिटिजन्स बैंकले आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *